नियम १४
संशोधन पेश गर्न सकिने
(१) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएपछि संशोधन पेश गर्नका लागि बहत्तर घण्टाको समय दिइनेछ । (२) प्रतिनिधि सभाले गरेको संशोधनमा राष्ट्रिय सभा सहमत नभएको विधेयकका हकमा प्रतिनिधि सभाले गरेको संशोधनका विषयमा सीमित रही संशोधन पेश गर्न सकिनेछ । तर प्रतिनिधि सभाले अस्वीकार गरेको विधेयकमा नयाँ संशोधन पेश गर्न यस उपनियमले बाधा पु¥याएको मानिने छैन ।